Thursday, January 21, 2016

पुरुषहरूलाई पनि आवश्यक छ छालाको हेरचाह


  • पुरुषहरूका लागि रेडिएन्स, रिजेनरेसिटङ, डर्मालोजिका, अरोमामास्क एवं माइक्राडर्माब्रेसन फेसियल आवश्यक छ । 
  • पुरुषहरूले आफ्नो छाला स्वस्थ तथा चम्किलो बनाउन प्रशस्त पानी पिउनुपर्छ । 
  • समय–समयमा भिटामिन ईको गोली खानुपर्छ । 
  • हप्तामा एकपटक छालालाई स्क्रब गरेर मृतकोशिका हटाउनुपर्छ । यसले छाला मुलायम तथा सुन्दर बनाउँछ । 
  • घाममा निस्कनुभन्दा पहिले अनुहारमा सनस्किन क्रिम लगाउनुपर्छ । घाममा बढी बस्दा समय–समयमा सनस्क्रिन क्रिम लगाउनुपर्छ । 
  • दिनहुँ व्यायाम गर्नुपर्छ । समयमा भोजन तथा राति पर्याप्त निद्रा आवश्यक हुन्छ । 
  • पुरुषहरू खानपानमा लापरबाही गर्छन् । त्यसको असर अनुहारमा देखिन्छ तसर्थ खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ । 
  • समय–समयमा स्टिम बाथ लिनुपर्छ जसले छालालाई नरम बनाउँछ । 
  • अनुहारमा सुन्तलाको जुस लगाउनुपर्छ जसले अनुहार कसिलो राख्छ । 
  • एक चम्चा महमा एक चम्चा जैतुनको तेल तथा अण्डाको पहेंलो भाग मिसाएर लगाए अनुहार चम्किलो देखिन्छ । 
पवि गुरुङ, कोरियन स्किन क्लिनिक सेन्टर, बालुवाटार 

No comments:

Post a Comment