Thursday, January 21, 2016

उद्घोषणमा अब्बल चन्दा

चन्दा घिमिरे–सञ्चारकर्मी
महिलाहरू सञ्चारमाध्यममा अझैपनि खासै सक्रिय हुन नसकिरहेको अवस्थामा आफूलाई पृथक रूपमा उभ्याएर व्यावसायिक तवरले उदाएकी सञ्चारकर्मी चन्दा घिमिरे महिला सञ्चारकर्मीका लागि मात्रै नभएर समग्र सञ्चार क्षेत्रकै लागि गतिलो उदाहरण बनेकी छिन् । चन्दा प्रोडक्सन नामक सञ्चार गृह सञ्चालन गरिरहेकी चन्दा उद्घोषणमा पनि उत्तिकै अब्बल छिन् । नेपालको संस्कृति,पर्यटन तथा विकासका विविध आयामहरूलाई कार्यक्रम सहयात्रामा समेट्दै श्रव्यदृश्य कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण गर्दै आएको चन्दा प्रोडक्सनले अन्य धेरै उपलब्धिमूलक सञ्चार सामग्री उत्पादन तथा प्रसारण गर्दै आएको छ । सञ्चार संस्थाहरूको भीडमा पनि आफ्नै पहिचान बनाउन सफल चन्दा घिमिरे पत्रकारितालाई नै पूर्णकालीन रोजिरोटीको माध्यम बनाएर अघि बढ्न श्रमजीवी पत्रकारहरूलाई  समस्या देखिएको दावी गर्छिन् । सञ्चार क्षेत्रबाटै सामाजिक रूपान्तरणमा केही योगदान पुगोस् भन्ने चाहना बोकेर अगाडि बढेकी घिमिरेले आफूले गर्दै आइरहेको सञ्चार अभियानलाई एउटा बिन्दुमा पुर्‍याउन अठोट बोकेकी छिन, साथै नेपाली सञ्चार जगत पूर्ण व्यावसायिक बनेको हेर्ने उनको ठूलो इच्छा छ । 

http://bit.ly/1J41brQ

No comments:

Post a Comment