नायिका श्वेता खड्कालाई दर्शकले नयाँ–नयाँ चलचित्रमा हेर्न चाहेका छन् । ‘कहाँ भेटिएला’ तथा ‘कोहिनूर’ जस्ता चलचित्रमार्फत दर्शकको मन जितेकी श्वेता अभिनेता तथा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि एक्लिएकी छिन् । यद्यपि केही महिनादेखि शुभचिन्तकहरूको आग्रहअनुसार श्वेताले सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाउँदै लगेकी छिन् र फोटोसुटहरू पनि गराइरहेकी छिन् । उनमा चलचित्रमा देखा परिहाल्ने सोच भने देखिँदैन । श्वेता अहिले व्यवसायमार्फत आफूलाई सम्हालेर अघि बढिरहेकी छिन् ।
No comments:
Post a Comment