‘यो सरकारले माग पूरा गर्छ जस्तो पनि लाग्दैन’, उनले भने,‘चार महिना अघि हामी जुन अवस्थामा थियौं, त्यही अवस्थामा छौं ।’
‘आइयो प्रवचन सुनियो र हिंड्न लागियो’, वैठकस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले भने,‘कुटनीतिक रुपमा पनि सरकार असफल भएको छ ।’
उनले एकतर्फी संविधान संशोधन गरेर पनि समस्याको हल नहुँने बताए । प्रमुख तीन दलका शीर्ष नेताको आग्रहमा संसदमा संविधान संशोधनको विधेयक ९ गते पारित गर्ने मिति तय भएको छ ।
मोर्चा नेता बाहिरिएपछि बालुवाटारमा तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्ता राम्रै ट्र्याकमा गइरहेको भएपनि प्रधानमन्त्रीले मोर्चाको माग अनुसार संविधान संशोधन हुन नसक्ने अडान राखेपछि आफूहरु उठेर हिंडेर बताए । ‘सरकारको वार्ता गर्ने मानसिकता नै देखिएन’, उनले भने ।
No comments:
Post a Comment