यस वर्ष ढिलो हिउँ परेकाले हिउँसँग रमाउनेहरु पनि उत्तिकै देखिन्छन् । यातायात तथा हवाइ सेवा अवरुद्ध भएको छ ।
हिमपातले कामकाज तथा हिँड्डुल गर्न अप्ठ्यारो परेपनि यतिखेरको हिउँले किसानलाई भने फाइदा पुग्ने भएको छ ।
हिउँदको समयमा सिंचाइको अभाव हुने जुम्लामा हिउँले सिंचाइको काम गरेको छ । जुम्लाका दक्षिणी मोहडामा पर्ने विभिन्न गाविसमा एक सय २० भन्दा बढी हिउँ संकलन पोखरी निर्माण गरिएकोले कृषि विकास कार्यालयले किसानलाई हिउँ संकलन गर्न आग्रह गरेको छ । गज्याकोटदेखि रारालिहीसम्मको क्षेत्रमा एक सय २० भन्दा बढी हिउँ संकलन पोखरी निर्माण भएका छन् ।
No comments:
Post a Comment